मनोवाद को शीर्षक
: "मेरो प्यारो अफिस"
“हैन कती बेलासम्म
सुतेको हो भने
?” चर्को आवाज सुनेर
म झस्याङ् हुँदै
उठ्न पुग्छु , यस्तो
आवाज पहिले पनि
धेरै पटक सुनेको
थिए तर त्यो
आवाज र आजको
आवाज मा धेरै
भिन्नता बोध भएको
छ । भक्खरै जागिरमा
आवश्यकता नभएर म लगाएत अन्य १० जना कामदारलाई अफिसले अवकास दिएको पिडाले हो
कि यस्तो अनुभव
भएको मलाई ।
सायद यो ती सबै
व्यक्ती जसले जिवनभर
अरुको जागिर गर्छन्
र बिभिन्न कारणबाट
जागिर छोडेर घरमै
बस्नुपर्ने पिडाको अन्तरमनको आवाज
पनि हुनसक्छ ।
आमा बुवा दाजु
भाई दिदी बहिनी
श्रीमती छोरा छोरीले
र अरु शुभचिन्तकले
पनि बेला बेलामा
भनेका थिए बुद्धी
पुराउ केहि सानो
तिनो भए पनि आफ्नै
उद्धम गर अर्काको
मात्र भरपर्नु
हुँदैन जुन दिन
अफिसमा तिम्रो आवश्यकता हुँदैन त्यो दिन
तिमीलाई अनेकौ बहाना बनाएर
जागिर
छोड्न बाध्य पारिन्छ । तर
म भन्ने गर्थे
होईन मेरो अफिस
त्यस्तो छैन र
म इमान्दार र
मिहेनेती व्यक्तिलाई त्यो अफिसको
धेरै खाँचो छ
अनि यस्तो बेलामा
त म जस्तो
व्यक्ती को धेरै
आवश्यकता छ , म
कसरी स्वार्थी हुन
सक्छु र?
दिन रात अफिसको
प्रगतिको निम्ती आफ्नो १५
बर्ष भन्दा पनि
महत्वपूर्ण समय तेही
अफिसलाई दिए तर
आज कती सहजै
आवश्यकता छैन भनेर
अवकाश दिएछ ।
होईन अब यस्तो
बेलामा मैले के
गर्ने होला ?
श्रीमती ले हातमा
चियाको कप लिएर
आउछिन् र भन्छिन
- "होईन हो किन
टोलाईरहेको हो ? यसो
बाहिर निस्कनुहोस् केहि
काम त गर्नु
नै पर्यो
नि ?"
हुन्छ भन्दै हातको चिया
छिटो छिटो पिएर
घरबाट बाहिर निस्कन्छु
।
पहिले पहिले सबैलाई सन्चो
बिसन्चो सोध्दै हिड्ने बानी
मेरो आज कसैसंग
बोल्ने मन छैन
मलाई , तर पनि
कसैले मिठो मुस्कान
दिदै के हो
आज अफिस बिदा
हो कि क्या
हो भनेर सोद्धा
नमिठो मान्दै हो
भन्थे । आफुलाई
हेरर हाँसेको हाँसोले
पनि मलाई गिज्याई
रहेको जस्तो लाग्थ्यो
। पहिले तेही
साथी भाईले आफ्नै
उद्द्योग खोलौ भन्दा
अफिसको कामले गर्दा भ्याउदिन
भनेको थिए आज
त्यो उद्द्योगले निकै
प्रगती गरेको देख्दा पछुतो
पो लाग्न थालेको
छ ।
सायद यस्तै रहेछ जिवन
बेलामा सही निर्णय
गर्न जानेन भने
धेरै घाटा हुदो
रहेछ । पत्रीका पसलमा
पुगेर समाचार पढ्दै गर्दा एउटा विज्ञापनमा मेरा नजर
टक्क अडियो कारण
मेरो अफिस जसले
कर्मचारी बढी भयो
भनेर १० जनालाई
अनिवार्य अवकाश दिएको थियो
त्यसैले १२ जनाको
लागी नयाँ विज्ञापन
गरेको थियो ।
मैले केहि बुझ्न
सकेको थिएन र
यसबारेमा अन्य अवकाश
प्राप्त साथिलाई भने र
हामी सबै मिली
यसबारेमा बुझ्न भनेर अफिस
पुग्यौ अनि मात्र
यतार्थ थाहा भयो
कि केहि भित्री
व्यक्तिले आ आफ्ना
व्यक्तिलाई त्यो अफिसमा
जागिर दिनलाई भाग
बन्डा गरेर हामीलाई
झुठो कुरा गरेर
र हामीलाई मन
नपराउने व्यक्तिको समुह मिलेर
हामीलाई अवकाश दिना लगाईएको
रहेछ । थुक्क
व्यक्तिको कुसोच यत्रो बर्ष
संगै काम गरेर
पनि एक अर्काबीच
यस्तो कार्य गर्न
सक्ने धन्य रहेछ
मनुष्य स्वभाव बुझेर बुझ्न
नसकिने ।
यती भनेर हामी त्यताबाट
आ आफ्नो बाटो लाग्यौ , एउटा गीत सम्झिरहेको थिए मैले "जिन्दगी खोला जस्तै बगिरहेछ
बगिरहेछ !" हो वास्तमा हाम्रो जिवन खोला जस्तै कहिले भेल कहिले झेल त कहिले मेल
मा बगिरहन्छ बगिरहन्छ बगिरहन्छ !!!!!