Tuesday, December 29, 2015

Online and POS transaction Vs Physical Cash Transactions

Importance of Online and POS transaction rather than Physical Cash Transactions:
कागजी नोट कसरी प्रयोग गर्नका साथै कसरी कम प्रयोग गर्ने बारे पनि सोच्ने कि ?
विश्वको धेरै राष्ट्रले कागजी नोटको प्रयोगलाई कम गर्न अनलाईन पेमेन्ट सुबिधामा जोड दिएका छन् र तेसै अनुरूप पुर्वाधारको पनि बिकास गर्दै गएको र यस कार्यका निम्ती यस्तो सुविधा दिने स्वदेशी कम्पनिलाई प्रोत्साहान र अन्य सुविधा दिएका छन्
तेस देशका नागरिकलाई कागजी नोट प्रयोग गर्नु भन्दा अनलाईन तथा पस(point of sale) मेसिन बाट भुक्तान गर्नु सरल र सुरक्षित मान्छन् जस मध्य केहि निम्न प्रकारका छन् :
१) कागजी नोट छिटै च्यातिने र झुत्रो हुने डर हुँदैन,
२) कागजी नोट धेरै व्यक्तिको सम्पर्कमा हुने हुँदा धेरै सरुवा रोगहरु एक अर्कामा सर्नबाट रोकिन्छ,
३) धेरै रकम बोकेर हिड्दा हुने शाररिक र मानसिक जोखिमबाट मुक्त हुन सकिन्छ,
४) समान किन्दा छुट्टा रकम फिर्ता गर्दा हुने अफ्ठयारोबाट छुटकारा,
५) छुट्टाको निहुमा बर्षमा हामीले भुक्तनी गरेको बढी रकमको बचत,
६) घरमै बसेर बिभिन्न बिक्रेताको सामान मुल्य र स्तरबारे जानकारी,
७) सडकमा हुने सवारी जाम, तेलको प्रयोग र दुर्घटनामा कमि,
८) चोबिसौ घण्टा अनलाईन पेमेन्ट को सुबिधा प्रयोग गर्न सकिने,
९) घण्टौ लाम लागेर भुक्तानी गर्नु पर्ने कार्यबाट मुक्ति,
१०) बजार क्षेत्रको विकास भएर विश्वभर बिस्तार हुनु जसले गर्दा राष्ट्रिय समानले अन्त राष्ट्रिय बजार पाउने सम्भावना बढ्छ
यस्ता अरु धेरै फाईदा छन् जस बारेमा सर्वसाधरणलाई जानकारी गराउन जरुरी छ ।