Tuesday, June 7, 2016

Some Information Regarding ATM/POS and Online Transaction

Some Information Regarding ATM/POS and Online Transaction
(एटीएम , पोस र अनलाइन कारोबार सन्दर्भमा केही सूचना) :
आजको आधुनिक प्रबिधिको युगमा हामी मध्य धेरै जनाले डेबिट वा क्रेडिट कार्डको प्रोयोग बिभिन्न प्रायोजनका निम्ती गरिरहेका हुन्छौ
यसरी प्रयोग गर्दा कहिले कसो केहि प्रयोग कर्ताले  समस्या भोगेको पनि हुनु होला,

एटिएम मसिनमा प्रयोग गर्दा आउन सक्ने संभावित समस्या :
  • पैसा निस्केन खातबाट रकम घटेन भने कुनै समस्या हुँदैन तर
  • पैसा निस्केन खाताबाट रकम घट्यो,
  • वा भने जती पैसा निस्केन थोरै मात्र निस्कियो,
  • वा पैसा निस्कियो तर फेरी एटिएम मसिन मै अड्कियो अनि मसिन भित्रै छिर्यो


यस्तो अवस्थामा के गर्ने ?
समस्या आएमा सर्वप्रथम आफ्नो मौजात रुजु गर्ने , यदी नघट्नु पर्नेमा पनि घटेको रहेछ भने निम्न जानकारी सहित आफुले डेबिट/क्रेडिट कार्ड लिएको बैंक मा तोकिएको समय भित्र सम्पर्क गर्ने
कार्ड नम्बर , कारोबार मिती समय, झिक्न खोजेको रकम , प्रयोग गरेको एटिएम मसिन त्यसको ठेगना , यदी रिसिप्ट प्राप्त भए सो समेत 

पोस मसिन वा अनलाईनबाट प्रयोग गर्दा आउन सक्ने संभावित समस्या :
  • खाता बाट रकम घट्यो तर भनेको समान तोकेको समय प्राप्त नहुनु
  • वा कहिले प्राप्त नहुनु ,
  • वा एउटा समान भनेको अर्कै समान प्राप्त हुनु
  • वा भनेको भन्दा कम क्वालिटिको समान वा बिग्रेको वा कम परिमाण मा प्राप्त हुनु 


यस्तो अवस्थामा के गर्ने त ?
समस्या आएमा सर्वप्रथम आफ्नो मौजात रुजु गर्ने , यदी नघट्नु पर्नेमा पनि घटेको रहेछ भने निम्न जानकारी सहित आफुले डेबिट/क्रेडिट कार्ड लिएको बैंक मा तोकिएको समय भित्र सम्पर्क गर्ने
कार्ड नम्बर , कारोबार मिती र समय, तिरेको रकम ,खरिद गर्न खोजेको बस्तु वा सेवा,परेको समस्या,अनलाईन बिक्रेताको नाम (ठेगाना) , यदी अनलाईन रिसिप्ट प्राप्त भए सो समेत,  

ध्यान दिनु पर्ने कुराहरु :
  • समस्या लाई तोकिएको समय भित्र सम्पर्क गर्नु पर्छ नत्र कानुनी रुपमा मान्यता प्राप्त नगर्न सक्छ,
  • समस्या को बारेमा आवश्यक जानकारी बैंकलाई अनिवार्य उपलब्ध गराउनु पर्छ नत्र त्यो कारोबारको बारेमा समाधान का निम्ती चाहिने जानकारी प्राप्त गर्न अप्ठ्यारो पर्न सक्छ प्रकृया लम्बिन सक्छ,
  • बिश्वासिलो बिक्रेताबाट मात्र कारोबार गर्ने बानी बसाल्दा धेरै उचित हुनेछ,
  • आफ्नो बैंक खाता, कार्ड पिन कोड को जानकारी अरुलाई वा असम्बन्धित व्यक्ती वा संस्थालाई दिनु हुँदैन
  • आफ्नो कार्ड हराएमा बैंक लाई तुरुन्त जानकारी गराएमा बन्द गर्न भन्नु पर्छ
  • पिन कोड कसैले थाहा पाएको लागेमा तुरुन्तै परिवर्तन गरिहाल्नु पर्छ, बेला बेलामा आफुलाई कंठा हुने गरी पिन कोड परिवर्तन गर्नु बेश हुन्छ
  • आफुले प्रयोग गर्ने सुबिधाको बारेमा सक्दो प्रकृया जानकारी प्राप्त गरी सोही अनुरुप कार्य गर्नु पर्छ 
  • आधुनिक पेमेन्ट प्रबिधिलाई सोक वा देखावटी होईन आवश्यकता पुर्ती गर्ने साधन बनाउनुहोस्
  • अनावश्यक सेवा वा सुबिधा नलिनुहोस् वा प्रयोग नगर्नु होस्
  • कुनै समस्या आएमा सम्बन्धित ठाउँबाट आवश्यक परामर्श लिएर कार्य गर्नाले सो समस्या चाडै समाधान हुन सक्छ
  • आफ्नो लागी कुन सेवा सुबिधा उपयुक्त हुन्छ त्यही लिनुहोस् अरुले के गरेको त्यसको पछी नलाग्नु होस्

Friday, April 15, 2016

UltraCash - A New Payment Techonlogy

UltraCash Information in Nepali Language:

UltraCash भारतमा विकसित नयाँ प्रविधी हो, यसमा दुई मोबाइलबीच डाटा स्थानान्तरण लागि धेरै उच्च आवृत्ति(frequency) अश्राव्य(inaudible) ध्वनि छालहरू(Wave)को प्रयोग हुने गर्दछ।
यो प्रविधिमा फोनको स्पिकर माइक्रोफोन प्रयोग हुने हुँदा यसका लागी मात्र कुनै विशेष किसिमको हार्डवेयरको आवश्यकता पर्दैन जसका कारण सबै फोनमा सहजै काम गर्न सक्छ।
अर्को शब्दमा यो प्रविधिले  NFC (Near Field Communication)को माध्यमबाट भुक्तानी प्रकृया सम्भव बनाउँछ।

Security:
Ultracash का सेट अप,सफ्टवेयर सुरक्षा PCI-DSS अनुरूप प्रमाणित छन् । भुक्तानी कार्ड उद्योग (Payment Card Industry) - डाटा सुरक्षा मानक (Data Security Standard)ले Ultracash एप भित्र भएका सबै डाटाहरुलाई उच्च प्राविधिक सुरक्षा प्रदान गरिएको हुन्छ जुन मापदण्ड अनुरूप भन्ने सुनिश्चित गर्दछ।
Ultracash ले डाटाको गोपनीयता सुरक्षाको लागि ठुला ठुला बैंक सुरक्षा अडिट एजेन्सीहरू मान्यता प्रदान गरेको
भुक्तानी प्रविधी आरबीआईको निर्देशन अनुरुप यसमा प्रायोगकर्ताले  Two Factor Authentication को माध्यमबाट अधिकतम सुरक्षा प्राप्त गर्दछन्

Process:
पसलामा गएर तपाईंले UltraCash प्रयोग गरेर भुक्तानी गर्न चाहनुहुन्छ भन्ने कुरा पसलेलाई बताउनुहोस्
पसलेले तिर्नु पर्ने रकम आफ्नो मोबाईलको एप मा राख्छ फोन अन नै राख्नेछ
सुरक्षित पिन प्रयोग गरेर तपाईँले एपमा लगिन गर्नुहोस् त्यसपछि निर्देशित कुराको पलना गर्नुहोस :
भुक्तानी सुरु क्लिक गर्नुहोस् - यसले ओटिपी प्राप्त गर्ने भनेर सोध्छ, ओटिपी प्राप्त गर्ने भनेर क्लिक गर्नुहोस
आवेदकलाई ओटिपी प्राप्त भएपछि, Pay Now विकल्प देखाउँछ,
आफ्नो फोन व्यापारीको फोन नजिकै लानुहोस् Pay Now बिकल्प क्लिक गर्नुहोस्।
तपाईंले आफ्नो फोनमा चलानी(Bill) देख्नु हुनेछ, फेरि Pay मा क्लिक गर्नुहोस् गरेर पेमेन्ट प्रकृया पुरा गर्नुहोस् (नोट: ओटिपी प्राप्त गर्न १० - ३० सेकेन्ड लाग्छ)

तपाईंले मोबाइल रिचार्ज, DTH वा बिल भुक्तानी (Recharge Section in App)) आफ्नो बैंक खाता बिबरण भरेपछी गर्न सक्नुहुन्छ