Friday, April 15, 2016

UltraCash - A New Payment Techonlogy

UltraCash Information in Nepali Language:

UltraCash भारतमा विकसित नयाँ प्रविधी हो, यसमा दुई मोबाइलबीच डाटा स्थानान्तरण लागि धेरै उच्च आवृत्ति(frequency) अश्राव्य(inaudible) ध्वनि छालहरू(Wave)को प्रयोग हुने गर्दछ।
यो प्रविधिमा फोनको स्पिकर माइक्रोफोन प्रयोग हुने हुँदा यसका लागी मात्र कुनै विशेष किसिमको हार्डवेयरको आवश्यकता पर्दैन जसका कारण सबै फोनमा सहजै काम गर्न सक्छ।
अर्को शब्दमा यो प्रविधिले  NFC (Near Field Communication)को माध्यमबाट भुक्तानी प्रकृया सम्भव बनाउँछ।

Security:
Ultracash का सेट अप,सफ्टवेयर सुरक्षा PCI-DSS अनुरूप प्रमाणित छन् । भुक्तानी कार्ड उद्योग (Payment Card Industry) - डाटा सुरक्षा मानक (Data Security Standard)ले Ultracash एप भित्र भएका सबै डाटाहरुलाई उच्च प्राविधिक सुरक्षा प्रदान गरिएको हुन्छ जुन मापदण्ड अनुरूप भन्ने सुनिश्चित गर्दछ।
Ultracash ले डाटाको गोपनीयता सुरक्षाको लागि ठुला ठुला बैंक सुरक्षा अडिट एजेन्सीहरू मान्यता प्रदान गरेको
भुक्तानी प्रविधी आरबीआईको निर्देशन अनुरुप यसमा प्रायोगकर्ताले  Two Factor Authentication को माध्यमबाट अधिकतम सुरक्षा प्राप्त गर्दछन्

Process:
पसलामा गएर तपाईंले UltraCash प्रयोग गरेर भुक्तानी गर्न चाहनुहुन्छ भन्ने कुरा पसलेलाई बताउनुहोस्
पसलेले तिर्नु पर्ने रकम आफ्नो मोबाईलको एप मा राख्छ फोन अन नै राख्नेछ
सुरक्षित पिन प्रयोग गरेर तपाईँले एपमा लगिन गर्नुहोस् त्यसपछि निर्देशित कुराको पलना गर्नुहोस :
भुक्तानी सुरु क्लिक गर्नुहोस् - यसले ओटिपी प्राप्त गर्ने भनेर सोध्छ, ओटिपी प्राप्त गर्ने भनेर क्लिक गर्नुहोस
आवेदकलाई ओटिपी प्राप्त भएपछि, Pay Now विकल्प देखाउँछ,
आफ्नो फोन व्यापारीको फोन नजिकै लानुहोस् Pay Now बिकल्प क्लिक गर्नुहोस्।
तपाईंले आफ्नो फोनमा चलानी(Bill) देख्नु हुनेछ, फेरि Pay मा क्लिक गर्नुहोस् गरेर पेमेन्ट प्रकृया पुरा गर्नुहोस् (नोट: ओटिपी प्राप्त गर्न १० - ३० सेकेन्ड लाग्छ)

तपाईंले मोबाइल रिचार्ज, DTH वा बिल भुक्तानी (Recharge Section in App)) आफ्नो बैंक खाता बिबरण भरेपछी गर्न सक्नुहुन्छ