Tuesday, June 7, 2016

Some Information Regarding ATM/POS and Online Transaction

Some Information Regarding ATM/POS and Online Transaction
(एटीएम , पोस र अनलाइन कारोबार सन्दर्भमा केही सूचना) :
आजको आधुनिक प्रबिधिको युगमा हामी मध्य धेरै जनाले डेबिट वा क्रेडिट कार्डको प्रोयोग बिभिन्न प्रायोजनका निम्ती गरिरहेका हुन्छौ ।
यसरी प्रयोग गर्दा कहिले कसो केहि प्रयोग कर्ताले  समस्या भोगेको पनि हुनु होला,

एटिएम मसिनमा प्रयोग गर्दा आउन सक्ने संभावित समस्या :
  • पैसा निस्केन खातबाट रकम घटेन भने कुनै समस्या हुँदैन तर
  • पैसा निस्केन खाताबाट रकम घट्यो,
  • वा भने जती पैसा निस्केन थोरै मात्र निस्कियो,
  • वा पैसा निस्कियो तर फेरी एटिएम मसिन मै अड्कियो अनि मसिन भित्रै छिर्यो


यस्तो अवस्थामा के गर्ने त?
समस्या आएमा सर्वप्रथम आफ्नो मौजात रुजु गर्ने , यदी नघट्नु पर्नेमा पनि घटेको रहेछ भने निम्न जानकारी सहित आफुले डेबिट/क्रेडिट कार्ड लिएको बैंक मा तोकिएको समय भित्र सम्पर्क गर्ने
कार्ड नम्बर , कारोबार मिती र समय, झिक्न खोजेको रकम , प्रयोग गरेको एटिएम मसिन र त्यसको ठेगना , यदी रिसिप्ट प्राप्त भए सो समेत 

पोस मसिन वा अनलाईनबाट प्रयोग गर्दा आउन सक्ने संभावित समस्या :
  • खाता बाट रकम घट्यो तर भनेको समान तोकेको समय प्राप्त नहुनु
  • वा कहिले प्राप्त नहुनु ,
  • वा एउटा समान भनेको अर्कै समान प्राप्त हुनु
  • वा भनेको भन्दा कम क्वालिटिको समान वा बिग्रेको वा कम परिमाण मा प्राप्त हुनु 


यस्तो अवस्थामा के गर्ने त ?
समस्या आएमा सर्वप्रथम आफ्नो मौजात रुजु गर्ने , यदी नघट्नु पर्नेमा पनि घटेको रहेछ भने निम्न जानकारी सहित आफुले डेबिट/क्रेडिट कार्ड लिएको बैंक मा तोकिएको समय भित्र सम्पर्क गर्ने
कार्ड नम्बर , कारोबार मिती र समय, तिरेको रकम ,खरिद गर्न खोजेको बस्तु वा सेवा,परेको समस्या,अनलाईन बिक्रेताको नाम (ठेगाना) , यदी अनलाईन रिसिप्ट प्राप्त भए सो समेत,  

ध्यान दिनु पर्ने कुराहरु :
  • समस्या लाई तोकिएको समय भित्र सम्पर्क गर्नु पर्छ नत्र कानुनी रुपमा मान्यता प्राप्त नगर्न सक्छ,
  • समस्या को बारेमा आवश्यक जानकारी बैंकलाई अनिवार्य उपलब्ध गराउनु पर्छ नत्र त्यो कारोबारको बारेमा समाधान का निम्ती चाहिने जानकारी प्राप्त गर्न अप्ठ्यारो पर्न सक्छ र प्रकृया लम्बिन सक्छ,
  • बिश्वासिलो बिक्रेताबाट मात्र कारोबार गर्ने बानी बसाल्दा धेरै उचित हुनेछ,
  • आफ्नो बैंक खाता, कार्ड र पिन कोड को जानकारी अरुलाई वा असम्बन्धित व्यक्ती वा संस्थालाई दिनु हुँदैन
  • आफ्नो कार्ड हराएमा बैंक लाई तुरुन्त जानकारी गराएमा बन्द गर्न भन्नु पर्छ ।
  • पिन कोड कसैले थाहा पाएको लागेमा तुरुन्तै परिवर्तन गरिहाल्नु पर्छ, र बेला बेलामा आफुलाई कंठा हुने गरी पिन कोड परिवर्तन गर्नु बेश हुन्छ
  • आफुले प्रयोग गर्ने सुबिधाको बारेमा सक्दो प्रकृया र जानकारी प्राप्त गरी सोही अनुरुप कार्य गर्नु पर्छ 
  • आधुनिक पेमेन्ट प्रबिधिलाई सोक वा देखावटी होईन आवश्यकता पुर्ती गर्ने साधन बनाउनुहोस्
  • अनावश्यक सेवा वा सुबिधा नलिनुहोस् वा प्रयोग नगर्नु होस्
  • कुनै समस्या आएमा सम्बन्धित ठाउँबाट आवश्यक परामर्श लिएर कार्य गर्नाले सो समस्या चाडै समाधान हुन सक्छ
  • आफ्नो लागी कुन सेवा सुबिधा उपयुक्त हुन्छ त्यही लिनुहोस् अरुले के गरेको छ त्यसको पछी नलाग्नु होस्

No comments:

Post a Comment